प्राकृतिक सुन्दरता अतुलनीयः भारतीय पूर्वराजदूतहरु – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

प्राकृतिक सुन्दरता अतुलनीयः भारतीय पूर्वराजदूतहरु

काठमाडौँ । नेपालका लागि भारतीय पूर्व राजदूतहरूले नेपालको प्राकृतिक सुन्दरताको खुलेरै प्रशंसा गरेका छन् । डोल्पा र से फोक्सुण्डोको पदयात्रा गरेका नेपालका लागि भारतीय पूर्व राजदूतहरू रञ्जित रे, श्याम शरण र देव मुखर्र्जीले नेपालको जस्तो प्राकृतिक सुन्दरता विश्वमै कही नभएको भन्दै प्रशंसा गरेका हुन् ।

पदयात्रा सकेर आएपछि शनिबार काठमाडौंमा पत्रकारमाझ कुरा गर्दै पूर्व राजदूतहरूले त्यस क्षेत्रको प्राकृतिक सौन्दर्यता अतुलनीय रहेको बताएका हुन् ।

पूर्व राजदूत श्याम शरणले भूकम्पले आक्रान्त बनेको नेपाल राम्रोसँग तङग्रिएको अवस्थामा पाउँदा आफूलाई खुसी लागेको बताए । उनले विश्वमै नभएको प्राकृतिक सौन्दर्यता नेपालमा पाएको बताए । त्यसैगरी पूर्व राजदूत रञ्जित रेले पदयात्रा कठीन भए पनि त्यहाँको प्राकृतिक सौन्दर्यले आफूलाई मोहित बनाएको बताए ।

उनले विदेशी पर्यटक खोज्नुभन्दा आन्तरिक पर्यटकलाई बढावा दिने गरी योजना बनाउन सुझाव दिए । अर्का पूर्व राजदूत देव मुखर्र्जीले फोक्सुण्डोले आफूलाई साह्रै मोहित पारेको बताए ।

फोक्सुण्डो जस्तो सुन्दरता विश्वमै कहीँ पनि नभएकोले त्यहाँ पुग्ने बाटो राम्रोसँग बनाउन सकेमा आकर्षक पर्यटक गन्तव्य बन्ने बताए । तीनै जना पूर्व राजदूत डोल्पाको जुफाल विमानस्थलबाट सेफोक्सुण्डोको पदयात्रामा सहभागी भएका थिए ।

भारतीय राजदूतहरु नेपालको हिमाली जिल्लाको भ्रमणमा किन निश्किए भनेर धेरैतिरबाट शंका र आशंकाबाट चर्चा हुन थालेपछि विसुद्ध धार्मिक, पर्यटकिय र व्यक्तिगत रुपमा हिमाली जिल्ला डुल्न गएका तीन राजदूतहरुले पत्रकार सम्मेलन बताए ।

मुस्ताङ र डोल्पातिर गएका राजदूतहरु कहाँ र कता गएका होलान् भनी ति जिल्लाका नेताहरुलाई सोधेमा रिसाउने र झर्कने गरेका छन् । जिल्लास्तरीइ नेताहरुले भारतीय राजदूतको हिमाली जिल्ला भ्रमणले पर्यटकीयस्थलको प्रचार हुने बताए ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०७५ बैशाख २०, ०६: २४

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०७५ बैशाख २०, ०६: २४

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७५ बैशाख २०, ०६: २४

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...