भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालकाे पूर्वी नाकामा कडाइ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालकाे पूर्वी नाकामा कडाइ


नयाँ विकल्प,


झापा-भारतका विभिन्न सहरमा कोरोना भाइरसको संक्रमण पुनः तीव्र रुपमा फैलन थालेपछि पूर्वी नाका काँकडभिट्टामा सुरक्षा सर्तकता बढाइने भएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतसँग सीमा जोडिएका नाकामा सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो।

भारतमा बढ्दै गएको कोरोना संक्रमणको असर नेपालमा समेत पर्न सक्ने भन्दै बेलैमा सुरक्षा सतर्कता अपनाउन लागिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिम्सिनाले बताए।

प्रमुख जिल्ला अधिकारी तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले सीमा नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित बनाउन उपयुक्त स्थानको खोजी गरी ‘होल्डिङ सेन्टर’ बनाउने निर्णय गरेको छ। यस अघि सामुदायिक विद्यालयमा ‘होल्डिङ सेन्टर’ स्थापना गरिएको थियो।

विद्यालय क्षेत्रमा यसपटक भने ‘होल्डिङ सेन्टर’ नराख्ने कुरा उठेको बैठकमा सहभागी एक सरकारी अधिकारीले बताएका छन्। यस्तै, भारतका विभिन्न स्थानबाट काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूको अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्ने र त्यसको आवश्यक व्यवस्था मेचीनगर नगरपालिकाले गर्ने निर्णय भएको छ।बैठकले अतिआवश्यक कामबाहेक नेपाल-भारतको आवतजावत नगर्न नागरिकलाई अनुरोध गर्ने निर्णय गरेको छ।

काँकडभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने व्यक्तिको अनिवार्य अभिलेख राख्ने र त्यसको व्यवस्थापन इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बिओपीलाई जिम्मा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।

बैठकमा मेची नगरपालिकाका प्रमुख विमल आचार्य, प्रहरी उपरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे, सेनानी आकृती घिमिरे, अनुसन्धान अधिकृत अमृत थापा,सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलगायत थिए।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७७ चैत्र १५, १९: २०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७७ चैत्र १५, १९: २०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७७ चैत्र १५, १९: २०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...