भारतमा काेराेना नियन्त्रण बाहिर जान थालेपछि राष्ट्रिय संकटकाल लगाउने तयारी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भारतमा काेराेना नियन्त्रण बाहिर जान थालेपछि राष्ट्रिय संकटकाल लगाउने तयारी


नयाँ विकल्प,


काठमाडाैं- भारतीय नयाँ भेरिअन्टकाे काेराेना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि राष्ट्रिय संकटकाल लगाउन भारतकाे सर्वोच्चद्वारा आदेश, दिएकाे छ । सर्वोच्चद्वारा आदेश आजै सरकारी उच्च स्तरिय बैठक बसिरहेकाे छ ।

अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार संक्रमणकाे दर तिव्र गतिमा फैलिएसंगै भारतमा अक्सिजनकाे अभाव देखिएकाे छ । अस्पतालमा आईसियू कक्षहरू भरिभराउ भैसकेका छन् । कोभिड विरामीहरूले अस्पतालकाे बेड नपाएर सडकमै उपचार गराइरहेका छन् ।भारतमा विश्वकै सबै भन्दा उच्च दरमा कोरोना संक्रमण र मृत्यूदर पनि बढी छ ।

फाेटाे राेयटर्सबाट

भारतमा पहिचान भएको कोरोनाभाइरसको एउटा भेरिअन्टबारे विश्वभर वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्। तर यो कति सङ्क्रामक छ वा भारतमा घातक दोस्रो लहर देखा पर्नुमा यो कारक हो कि होइन भन्ने थाहा भइसकेको छैन।

भारतीय भेरिअन्टलाई आधिकारिक रूपमा बी.१.६१७ भनिएको छ। त्यो अक्टोबरमा पहिलो पटक फेला परेको हो। उक्त भेरिअन्ट कति छिटो र कतिसम्म फैलिएको छ भन्ने पत्ता लगाउन भारतभर यथेष्ट मात्रामा नमुना परीक्षण भएको छैन।


महाराष्ट्रमा ज्यनुअरीदेखि मार्च महिनाबीचमा सङ्कलन गरिएका ३६१ वटा नमुनामध्ये २२० वटामा यो भेरिअन्ट भेटिएको थियो। जीआईएसएआईडीको विश्वव्यापी आँकडा अनुसार अहिले यो २१ वटा देशमा भेटिएको छ। वैज्ञानिकहरूले भारतीय भेरिअन्टबारेको तथ्याङ्क अपुरो रहेको रहेको बताएका छन्।

उनीहरूका अनुसार भारतमा २९८ र विश्वभरी ६५६ वटा त्यसका नमुना यूके भेरिअन्टको तीन लाख ८४ हजार नमुनाको तुलनामा निकै कम भएको उनीहरूको भनाइ छ। भारतमा एप्रिल १५ यता दैनिक सरदर दुई लाख सङ्क्रमित थपिएका छन्।

जबकि गत वर्ष सङ्क्रमण उच्च रहेका बेला औसत सङ्क्रमितको सङ्ख्या ९३ हजार थियो। भारतमा संक्रमण बढन थालेपछ राेजगारकालागि पुगेका नेपालीहरू फर्किने क्रम बढेसंगै नेपालमा समेत संक्रमण तिव्रगतिमा फैलन सक्ने खतरा रहेकाे छ ।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ बैशाख १०, १२: ४४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ बैशाख १०, १२: ४४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ बैशाख १०, १२: ४४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...