
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित सबै नेपालीको निशुल्क उपचार हुने र कुनै पनि अस्पतालले बेड लुकाएमा कारबाही गर्ने भनि घोषणा गरेको २४ घण्टा नबित्दै मुलुकका दुई ठूला अस्पतालले धान्नै नसक्ने गरी कोभिडका बिरामीको लागि नयाँ शुल्क निर्धारण गरेका छन् ।
धुम्बाराही रिङरोडमा रहेको हेम्स अस्पतालले कोभिडका बिरामीको लागि प्रति दिन आधा लाख रुपैयाँ बेड –शैया) शुल्क लाग्ने सूचना नै जारी गरेको छ । चिकित्सक भगवान कोइरालासहितले सञ्चालन गरेको सो अस्पतालले कोरोना संक्रमितको लागि आइसोलेसन डिलक्स रुम भन्दै प्रति बिरामी दैनिक ५० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
सो अस्पतालले डिलक्स रुमको २६ हजार र प्राइभेट रुमको २१ ह्जार भनी बेड शुल्क निर्धारण गरेको छ । यो अस्पतालले बिरामीको उपचारमा भिजिट चिकित्सक आएमा प्रति भिजिट एक हजार पाँच सय रुपैयाँ तोकेको छ ।
यस्तै, शुनिल शर्मा संचालक रहेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले १९ गते बैशाखदेखि लागू हुने गरी भनेर कोभिड क्याबिन सुपर डिलक्सको ३० हजार, कोभिड क्याविन डिलक्सको २५ हजार र सिंगल बेडको २० हजार रुपैयाँ प्रति दिन प्रति बेड शुल्क निर्धारण गरेको छ ।

कोभिडका बिरामीले अस्पतालमा अक्सिजन र बेड नपाएको भनेर सामाजिक सञ्जालदेखि संक्रमितका आफन्तहरुले गुनासो गरे पनि निजी अस्पतालले आफूखुसी बेड चार्ज घोषणा गरेका छन् । निजी क्षेत्रका अन्य अस्पतालले समेत महंगो शुल्क लिएर बिरामीबाट अकुत रकम आर्जन गरिरहेका छन् । तर, सरकारको निर्देशन उल्लंघन गर्ने स्वास्थ्य संस्थालाई सरकारले कुनै कारबाही गरेको छैन् ।
यता औषधि व्यवस्था विभागले कोरोना संक्रमितको लागि अत्यावश्यक औषधि रेमिडिसिभिर पर्याप्त मात्रमा बजारमा रहेको भनी आमनागरिकको आँखामा छारो हाल्ने गरेको छ । सरकारी अस्पतालले सो औषधि मौज्दात नरहेको बताउँदै आएका छन् भने निजीले अबैद्य र गैरकानूनी ढंगले महंगो शुल्क लिएर बिरामीलाई उपलब्ध गराउँदै आएका छन् ।
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...