कोरोना संकटको समन गर्न गगनले अचुक सुझाव सरकारलाई दिए – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोरोना संकटको समन गर्न गगनले अचुक सुझाव सरकारलाई दिए


नयाँ बिकल्प,
काठमाडौं — नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले मुलुक कोरोना महामारी र संकटको भूमिरीमा परिरहेको बेला त्यसलाई न्युनिकरण गर्न र त्यसलाई समन गर्न पाँच बुँदे अचुक सुझाव दिएका छन् ।

कोरोना संकटबाट जोगिनका लागि सरकारले अस्पताल निर्माण हुँदै गरेको अक्सिजन ग्यास प्लान्ट निर्माण हुँदै गरेको र स्वास्थ्य जनशक्ति आपूर्ति गर्न अस्पतालहरुलाई निर्देशन दिइरहेको बेला नेता थापाले उपकरण र पूर्वाधारले कोरोनाको महामारी परास्त गर्न नसकिने भन्दै सरकारलाई सुझाव दिएका हुन् ।

दक्ष जनशक्ति, चिकित्स र स्वास्थ्यकर्मी तथा कोरोना संक्रमणको बेला अग्रभागमा २४ घण्टा खट्ने स्वास्थ्यकर्मीलाई सुरक्षा र प्रोत्साहन सुविधा दिन कुनै कन्जुस्याईं नगर्न थापाले सरकारलाई आव्हान गरेका छन् ।

थापाले संकटको समयमा थप जनशक्ति करार वा दैनिक ज्यालादारीमा काम गर्न भनेर सूचना निकालेर मात्र नहुने भन्दै सुरक्षा र प्रोत्साहन प्याकेज बनाउन सरकारलाई आग्ह गरेका छन् । सरकारले कोरोना संक्रमणका हब बनेको बाँके र काठमाडौंमा स्वास्थ्यकर्मी करारमा लिन आव्हान गरे पनि दरखास्त दिएका छैनन् ।

पोष्ट ग्राजुएट (पिजी) परिक्षा तयारी गरिरहेका करिव ५ हजार योग्य चिकित्सकलाई परिक्षा हुने टुंगो नलाग्दा अलमलमा रहेकाले उनीहरुलाई परिक्षा तयारीको लागि निश्चित समय दिने वा कोरोना महामारीमा रोकथामको लागि परिचालित हुँदा अनुभवको थप अंक पाउने नियमको व्यवस्था गर्न थापाले सरकालाई सुझाव दिएका छन् ।

चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी पुनरावलोकन हुन नसक्दा सरकारी सेवामा आकर्षण घट्दै गइरहेको यथार्थ चित्रण गर्दै थापाले दरबन्दी पुनरावलोकन गर्ने, सेवा सुविधा र प्रोत्साहन प्याकेज बनाउने, कोरोना र जोखिम र महामारीमा जोखिम मोलेर काम गर्नेलाई ग्राह्यता दिने कानूनी व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।

पूर्वस्वास्थ्य मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेर निबृत्त भएका र अध्ययन सकेर रोजगारीको पर्खाइमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको योग्यता र अनुभवलाई संकटमा परिचालन गर्न प्याकेज बनाउन र त्यस्तो जनशक्तिलाई संकट र अभावमा सहि तरिकाले परिचालन गर्न समेत सरकारलाई सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ बैशाख २२, १६: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ बैशाख २२, १६: ५०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ बैशाख २२, १६: ५०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...