काठमाडौंमा काेराेना अस्पताल बनाउने प्रयास माथि मेयर शाक्यकाे अवराेध ! – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौंमा काेराेना अस्पताल बनाउने प्रयास माथि मेयर शाक्यकाे अवराेध !


नयाँ विकल्प,


काठमाडाैं- काेराेना संक्रमण तिव्र गतिमा फैलिएकाे काठमाडाै उपत्यकामा अस्थायी अस्पताल बनाएर बिरामीकाे ज्यान जाेगाउने अभियानमा स्वयं महानगरपालिकाका मेयर विद्या शुन्दर शाक्यले भाजाे हालेका छन् ।

काठमाडौं लगायत देशैभरी संक्रमितकाे चाप बढेपछि अस्पतालमा बेड संगै अक्सिजनकाे चरम अभाव देखिएकाे छ । बिरामीहरु अस्पतालमा बेड नपाएर मृत्यु भएका दुखद् समाचार एकपछि अर्काे गरि आइरहेका छन ।


संक्रमणकाे महामारीबाट जनतालाइ कसरी बचाउने भन्ने याेजना बनाउनुपर्ने महानगरले निजिक्षेत्रका केही अगुवाहरूकाे प्रयासमा साथ दिनुकाे साटाे उल्टै भाजाे हाल्ने काम गरेकाे छ ।

यसरी अवराेध गरे स्वयं महानगर प्रमुख शाक्यले !


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा स्वास्थ्य समिति संयोजक हेमराज ढकालको संयाजकत्वमा काठमाडौंको बाइसधारामा कोरोना अस्थाइ अस्पतालको योजना बन्यो ।

नीजि क्षेत्रका विभिन्न ब्यक्तिको लगानीमा आइसीयूसहितको कोरोना अस्पतालको खाका बनाएर ढकाल नेतृत्वको समूह वडा कार्यालय गयो । स्थानीय स्तरमा बन्न लागेको अस्पतालका लागि वडा कार्यालय सहयोयग गर्न तयार देखियो । तर, सो अस्पताल निर्माणका लागि काठमाडौं महानगरपालिकाको स्विकृती चाहियो ।

नगरपालिकाको स्विकृतीका लागि ढकालपिहतको टोली काठमाडौं महानगरपालिका पुग्यो । तर, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई यो कुरा चिक्त बुझने ।

मेयर शाक्यले बाइसधारामा अस्पताल बनाउन दिन नसकिने बताए । महामारी नियन्त्रणमा सानो प्रयास स्वरुप बाइसधारामा बनाउने अस्थायी अस्पतालको योजना शाक्यले बीचमा नै रोकिए दिए पछि ढकाल नेतृत्वको टोलीले अर्को स्थानको माग गर्यो ।

मेयर शाक्यले बाइसधाराको सट्टा बालाजु पार्कमा गएर अस्पताल बनाउन सुझाए । मेयर शाक्यको सुझाव अनुसार बालाजु पुगेको ढकाल नेतृत्वको टोलीले सो स्थानमा पनि अस्पताल बनाउन पाएन् ।

सो स्थानमा केन्द्रीय सरकारले नै अस्पताल बनाउन लागेको भन्दै सरोकारवाला निकायले ढकाल नेतृत्वको समूहलाई प्रवेश नै गर्न नदिए पछि काठमाडौंमा कोभिड अस्थाइ अस्पताल बनाउने योजना बनाएको टोली अलमलमा देखिएको छ ।

‘महामारीले यो विकराल रुप दिएको छ, ढकाल भन्छन, नागरिक अस्पतालमा बेड नपाएर मृत्युवरण गरिरहेको समयमा सरकारले हामीलाई अस्पताल बनाउन दिएन’ –हामीले अस्पताल निर्माण गरेर सञ्चालनको जिम्मा स्थानीय निकायलाई दिन्छौ, भन्दा पनि मेयर शाक्यले अस्पताल बनाउन नदिएको उनले गुनासो गरे ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल पनि मेयर शाक्यको कदमबाट चिडिएका छन् । महानगरपालिका आफूले गर्नुपर्ने काम दाताले गछौं भन्दा पनि मेयर शाक्यले गर्न नदिएको भन्दै उनले मेयर शाक्यको विरोध गरे ।


हाम्रो योजना अनुसार महानगरले बाइसधारामा अस्पताल बनाउन दिएको भए ७० बेडको अस्पताल बनिसक्ने ढकाल बताउँछन् ।

काठमाडौंका विभिन्न क्षेत्रमा अस्पताल बनाउन भौतारिएको टोली अस्पताल बनाउने स्थान नभेटेपछि विभिन्न अस्पतालमा बेड थप्ने योजनामा लागेको उनको भनाई छ ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७८ बैशाख २५, १६: ३२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ बैशाख २५, १६: ३२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ बैशाख २५, १६: ३२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...