भेरी अस्पतालमा डाक्टर, नर्स कुटिएको घटना : मृतकका आफन्त आवेगमा आएकाे प्रतिवेदनकाे निष्कर्श – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भेरी अस्पतालमा डाक्टर, नर्स कुटिएको घटना : मृतकका आफन्त आवेगमा आएकाे प्रतिवेदनकाे निष्कर्श


नयाँ विकल्प,


नेपालगन्ज-बाँकेस्थित नेपालगन्जको भेरी अस्पतालमा गत जेठ १३ गते डाक्टर र नर्समाथि भएको आक्रमण तथा अस्पताल तोडफोड घटनाबारे सत्यतथ्य बुझ्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ।

उक्त प्रतिवेदनमा अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार गर्नुपर्नेजस्ता बुँदा पनि समावेश छन्। घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही माग गरिएको गरिएकाे छ ।

प्रतिवेदनअनुसार घटना सुनियोजित हो भन्ने देखिएन। बिरामीको मृत्युपछि उनका आफन्त तत्काल आवेगमा आएर डाक्टर र नर्समाथि कुटपिट गरेको भन्ने निष्कर्ष प्रतिवेदनको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो।

उक्त समितिले २५ पृष्ठ लामो प्रतिवेदन दिएको छ। स्वास्थ्य ऐन नै परिमार्जन गर्नुपर्ने र भेरी अस्पतालमा कर्मचारीको पदपूर्ति गरिनु पर्ने कुरासमेत प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

साे घटनामा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। कोरोना संक्रमणपछि उपचार गराइरहेका उनका दाजु डिल्लीबहादुर रावतको निधनपछि डाक्टर र नर्समाथि अस्पतालभित्रै कुटपिट भएको थियो।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ जेष्ठ २०, १२: २६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ जेष्ठ २०, १२: २६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ जेष्ठ २०, १२: २६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...