
नयाँ बिकल्प,
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर एक सातादेखि घट्न थालेको छ। पछिल्लो २४ घण्टामा कुल २१ हजार ७ सय ७३ नमूना परिक्षण गर्दा ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको छ।
पीसीआरतर्फ ५ हजार ८ सय २५ र एन्टीजेनतर्फ १००० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ। बिहीबार मात्र पाँच हजार ९ सय ४ जना निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार मृतकको कुल संख्या ७ हजार ६ सय ३० पुगेको छ।
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...