
नयाँ बिकल्प,
काठमाडौं । राजधानीको दक्षिणकाली नगरपालिकाले नगरका ६० देखि ६४ वर्ष उमेर पुगेका नगरवासीलाई जेठ २५ गते मंगलबारदेखि ३० गते आइतबारसम्म नगरका विभिन्न ६ वटा खोपकेन्द्रमार्फत खोप लगाउने भएको छ।
नगरपालिकाले नगरभित्र बसोबास गर्ने व्यक्तिलाई भेरोसेल खोपको पहिलो डोज लगाउने भएकालेले आफ्नो उमेर खुल्ने परिचय पत्र, नागरिकता वा वडा कार्यालयको सिफारिस साथ खोप लगाउन सूचना प्रकाशित गरेको छ।
नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत दिपककुमार केसीले खोप लगाउनको लागि नगरका वासिन्दालाई शेषनारायण स्वास्थ्य चौकीमा खोप लगाउन सूचना जारी गरेका हुन्।
जेठ २५ गते वडा नं १का वासिन्दालाई, जेठ २६ गते वडा नं २ र ४ का वासिन्दालाई, जेठ २७ गते वडा नं ३ र ५ का वासिन्दालाई, जेठ २८ गते वडा नं ६ र ७ का वासिन्दालाई, जेठ २९ गते वडा नं ८ का वान्दिालाई खोप लगाउन आउन नगरपालिकाले सूचित गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले जनाए अनुसार जेठ ३० गते भते वडा नं ९ का वासिन्दा र अघिल्लो मितिमा खोप लगाउन छुटेका नगरवासीलाई खोप लगाउनको लागि आव्हान गरेको छ। खोप लगाउन आउनेले अनिवार्यरुपमा मस्क लगाउने र खोप लगाइसकेपछि ३० मिनेटसम्म खोप केन्द्रमा बस्नु पर्ने नगरले जनाएको छ।
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...