प्राध्यापक र शिक्षकलाई दुर्घटना तथा स्वाथ्य बिमा र काज सुविधाबाट बञ्चित गरीएकोमा कांग्रेसको आपत्ति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्राध्यापक र शिक्षकलाई दुर्घटना तथा स्वाथ्य बिमा र काज सुविधाबाट बञ्चित गरीएकोमा कांग्रेसको आपत्ति


नयाँ बिकल्प,

काठमाडौं । प्रतिनिधिसभा भङ्ग गरी गत जेठ १५ गते अध्यादेशमार्फत सरकारले ल्याएको आर्थिक वर्ष २०७८–७९ को बजेटमा प्राध्यापक र शिक्षकलाई दुर्घनटना बिमा, स्वास्थ्य बिमा र पर्यटन काजको सुविधाबाट बञ्ति गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

नेपाली कांग्रेसले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई विमा र काजको सुविधा उपलब्ध गराउनी भनी बजेटमा व्यवस्था गरे पनि त्यस्तो सुविधाबाट प्राध्यापक र शिक्षकलाई बञ्चित गरेको भन्दै कांग्रेसको शिक्षा बिभागले आपत्ति प्रकट गरेको हो ।

बजेटमा निजामती कर्मचारीलाई १० लाख रुपैयाँको सामूहिक दुर्घटना विमा र १ लाख रुपैयाँसम्मको स्वाथय बीमा प्रिमियम बापतको रकम नेपाल सरकारले ब्यहोर्ने र पर्यटन काज सुविधान दिने व्यवस्था गरिएको छ।

नेपाली कांग्रेसको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै शिक्षक तथा प्राध्यापकलाई दुवै विमा र सेवाबाट बञ्चित गरेकोमा खेद प्रकट गरेका छन्।

उनले शिक्षक तथा प्राध्यापककको मागलाई आन्दोलनबाट मात्र सम्वोधन गर्ने परिपाटीको अन्त्य गर्न र भविश्वयमा यस्तो विभेदबारी स्थितिको अन्त्य गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ जेष्ठ ३१, १६: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ जेष्ठ ३१, १६: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ जेष्ठ ३१, १६: ५०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...