
नयाँ बिकल्प,
काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेव तिमल्सिनाको नेतृत्वमा संचालित ‘कोभिड १९ महामारीविरुद्धको हाम्रो अभियान’ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका स्वास्थ्य संस्था र विभिन्न वडास्थित स्वास्थ्य कार्यालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
सिन्धुपाल्चोक जिल्ला अस्पताल चैतारा र प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेका निम्ति नेपाल मेडिकल एसोसिएसन (एनएमए)बाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर र महामन्त्री तिमल्सिनाको नेतृत्वमा विभिन्न संघ संस्थाबाट प्राप्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।
तिमिल्सिनाले बाह्रबिसे नगर पालिकाका ९ वटै वडा र बलेफी गाउँ पालिकाका ८ वटै वडा कार्यालय तथा स्वास्थ्य चौकीका निम्ति स्वास्थ्य सामग्री प्रदान गरेका छन्।
त्यस्तै, जिल्ला अस्पताल चौताराका निम्ति २ थान अक्सिजन कन्सन्ट्रेटर संगै पिपिइ सेट,सर्जिकल मास्क,एन ९५ मास्क, फेससिल्ड, ग्लोभ्स, स्यानिटाइजर लागायत स्वास्थ्य सामग्री जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईमार्फत हस्तान्तरण गरिएको छ।
जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रको निम्ति १ थान अक्सिजन कन्सन्ट्रेटर संगै पिपिइ सेट, सर्जिकल मास्क, मास्क,फेससिल्ड, ग्लोभ्स, स्यानिटाइजर जस्ता सामग्री केन्द्रका मेडिकल अधिकृत डा.प्रशान्त ज्ञवालीलाई हस्तान्तरण गरिएको छ।
काँग्रेस सिन्धुपाल्चोकका पूर्बसभापति भुपेन्द्रबहादुर थापा, नेपाल महिला संघ जिल्ला सभापति गीता नेपाल, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष तुलसी दंगाल, कांग्रेस त्रिपूरासुन्दरी गाउँपालिका सभापति देबीराज श्रेष्ठ, पूर्बक्षेत्रीय सचिब तथा नेविसंघ नेता कैलास थापा लगायतको सो अवसरमा उपस्थिति थियो।

त्यस्तै, बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाका सबै वडा र स्वास्थ्य कार्यालयका लागि, अक्सिजन कन्सन्ट्र्रेटर ३ थान, सर्जिकल मास्क तीस हजार प्रति, एन १९ मास्क १५ हजार पिस, पीपीइ सेट पाँच सय पीस, स्यानिटाइजर एक सय ५० लिटर, फेस सिल्ड तीन सय पीस, ग्लोब्स १० बक्सा सामग्री सोमबार बितरण गरियो।
केही दिन अघि मात्र त्रिपुरासुन्दरी गाउँ पालिकाकाको ६ वटै वडामा अबस्थित स्वास्थ्य चौकी,आइसोलेसन सेन्टर र वडा कार्यालयका निम्ति सर्जिकल मास्क १० हजार पीस, एन १९ मास्क एक हजार पीस, एन्टीजेन्ट किट ५० पीस, पीपीइ सेट एक सय १० थान, अक्सिमिटर थान, स्यानिटाइजर ९ हजार पाँच सय बोतल लगायतका सामग्री वितरण गरिएको छ।
अभियानमा सहभागी नेपाल महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपालले सो अभियान निरन्तर जारी रहने र अत्यावश्यक स्वास्थ्य सामग्री संगै अफ्ठ्यारोमा परेका समुदायबीच खाद्यान्नको समेत वितरण गर्न तयार रहेको बताइन्।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...