कोभिड –१९ बिरुद्ध खोप पेट्रोल टैंकरका चालक र सह–चालकलाई लगाईंदै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोभिड –१९ बिरुद्ध खोप पेट्रोल टैंकरका चालक र सह–चालकलाई लगाईंदै


नयाँ बिकल्प,

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल टंैकरका चालक र सह–चालकका लागि कोभिड –१९ बिरुद्ध खोप लगाउने व्यवस्था गर्ने भएको छ।
नेपाल आयल निगमको व्यस्थापन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम टैंकर चालक संघका प्रतिनिधिबीच मंगलबार भएको छलफलपछि टैंकर चालक, सह–चालकले बुधबारदेखि खोप लगाउन पाउने भएका छन्।

असार २ गते बुधबारदेखि निगमबाट जारी परिचयपत्रको आधारमा निगमको प्रादेशिक कार्यालय, थानकोटबाट संचालित टैंकर चालक र सह–चालकलाई कोभिड –१९ को खोप लगाउने सहमति भएको निगमका प्रवक्ता ईञ्जिनियर बिनित मणि उपाध्यायले जनाएका छन्।

नेपाल पेट्रोलियम टैंकर चालक संघले निगमको बागमति प्रादेशिक कार्यालय, थानकोट तथा २ नम्वर प्रादेशिक कार्यालय अमलेखगञ्जमा खोपको व्यवस्था नगरेको भन्दै जेठ ३० गते आइतबारदेखि पेट्रोलियम पदार्थ लोड अनलोड तथा ढुवानी बन्द गरेका थिए।

चालक र सहचालकले खोप लगाउन पाउने भएपछि उनीहरुले आजबाट बन्दका सबै कार्याक्रम फिर्ता लिई टैंकर संचालन गरेका थिए।
सरकारको खोप कार्याक्रम अन्तर्गत निगमको १ नम्वर प्रादेशिक कार्यालय बिराटनगर, लुम्बिनी प्रादेशिक कार्यालय भलबारी भैरहवा, इन्धन डिपो नेपालगञ्ज, शाखा कार्यालय चारआलीका टंैकर चालक , सहचालकहरुलाई खोप लगाउने कार्य सम्पन्न भइ सकेको निगमले जनाएको छ।

निगमका जनकपुर, पोखरा, अमलेखगञ्ज डिपोमा अहिले खोप लगाउने कार्यक्रम धमाधम भइरहेको निगमले जनाएको छ। निगमले प्रादेशिक कार्यालय थानकोट अन्तरगत संचालित टैंकरका चालक र सहचालकलाई बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा खोप लगाउने व्यवस्था गरेको छ।

निगमसँग आबद्ध एलपी ग्यास उद्योगी, ग्यास विक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदुरहरुलाई क्रमिक रुपमा खोप लगाईंदै जाने सहमति भएको निगमले जानकारी दिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ असार २, १५: ४४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ असार २, १५: ४४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ असार २, १५: ४४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...