
नयाँ बिकल्प,
काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको सख्या ९ हजार ९ पुगेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३४ जना संक्रमितको मृत्यु भएसँगै मृतकको सख्या ९ हजार नाघेको हो।
पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ६७ गरी १ हजार ९ सय जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४ सय २४ जना रहेका छन्। जसमा काठमाडौं जिल्लामा २ सय ९२, ललितपुरमा १ सय र भक्तपुरमा ३२ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या तीन हजार ७ रहेको छ। नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३ सय ३४ संक्रमणमुक्त भएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...