पाँच विद्यार्थी संगठनको उपकूलपतिलाई चेतावनी – १० दिन भित्र माग पुरा नगरे आन्दोलन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पाँच विद्यार्थी संगठनको उपकूलपतिलाई चेतावनी – १० दिन भित्र माग पुरा नगरे आन्दोलन


नयाँ बिकल्प,

काठमाडौं । नेपाल विद्यार्थी संघसहित पाँच वटा विद्यार्थी संगठनहरुले उच्च शिक्षामा देखिएका ५ वटा समस्या समाधान नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएका छिन्।

आफ्ना पाँच बुँदे मागसहित संयुक्त विद्यार्थी संगठनको तर्फबाट मंगलबार त्रिभुवन बिश्व विद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई शैक्षिक सवाल र विद्यार्थीको हक हितका सन्दर्भका माग पत्र प्रस्तुत गर्दै यस्तो चेतावनी दिएका हुन्।

ज्ञापनपत्रमा उल्लेखित र यसअघि विभिन्न विद्यार्थी सङ्गठनबाट एकल र संयुक्त रुपमा उठाएको मागहरु १० दिन भित्र पूरा गर्न संयुक्त विद्यार्थी संगठनको तर्फबाट माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै उपकुलपति बास्कोटाले राज्यले बिश्वबिद्यालय र शिक्षालाई पुर्ण रुपले बेवास्ता गरेको शिक्षामा, लगानि वृद्धि नगेरेकोले प्रभावकारी भूमिका निर्बाह गर्न नसकिएको बताए।

उनले मागहरु सकारात्मक रहेकोले तत्काल पूरा गर्न बिश्वबिद्यालय प्रतिबद्ध रहेको बताए।

यसरी उपकूलपतिलाई ज्ञापनपत्र बुझाउनेहरुमा नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्वबियूका अध्यक्ष सुदेश पराजुली, समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष बिमल पोखरेलले संयुक्त हस्ताक्षर गरेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ असार १५, १८: १०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७८ असार १५, १८: १०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ असार १५, १८: १०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...