कास्की । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले गत बर्ष सम्पन्न स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा आर्थिक चलखेल भएको आशंका व्यक्त गरेका छन् ।
कांग्रेसको कास्की जिल्ला सम्मेलनको विहीबार उद्घाटन समारोहमा गुरुङले भने ‘टिकट वितरणमा आर्थिक चलखेलको कुरा किन चर्चित रह्यो ? भनेर पार्टी नेतृत्वसँग प्रश्न गरे । उनले पार्टीमा पदाधिकारीहरुको चयन समयमा किन हुन सकेन ? नातावाद र गुटवन्दी किन वनमारा झार जस्तो फैलियो ?, कांग्रेस नेतृत्वमा निर्वाचन भएपनि जस हामीले किन पाएनौ ? किन सिँगो पार्टीपंत्ति प्रतिरक्षात्मक स्थितिमा पुग्यो ? जस्ता प्रश्नको उत्तर कांग्रेस कार्यकर्ताले खोजिरहेको बताए ।
जिल्ला विकास समित काश्कीका सभापति, नेपाल तरुण दलका अध्ययक्ष, प्रतिनिधिसभाको सदस्य हुँदै राज्यमन्त्रीको समेत अनुभव लिएका गुरुङले शुद्ध कांग्रेस भएर कांग्रेसमा वाँच्न किन सकिन्न ? भनेर प्रश्न गर्दै कुनै न कुनै नेताको दौराको फेर नसमाति वैतरणी तर्न सकिन्न भन्ने मान्यता स्वंय पार्टीको लागि हलाहल विष समान भएको तथ्यका प्रति नेता गणको आँखा चिम्ल्याई रहस्यमय वनेको भनी तिखो टिप्पणी गरे । निर्वाचनमा भएको अन्तर्घात जस्तो अक्षम्य कार्य पनि आज क्षम्य वनेको वताए ।
‘मेरो क्रियाशील राजनैतिक जीवनको ५० वर्षमा कांग्रेस आज जस्तो कमजोर अवस्थामा कहिल्यै पुगेका थिएनौं । गुरुङले भने, ‘संविधान निर्माण कांग्रेसको नेतृत्वमा भयो, तर संविधानमा रहेका कतिपय प्रावधानहरु हाम्रो आर्दश अनुकुल भयो÷भएन भन्नेमा हामी कति सचेत हुन सक्यौ ?”
उनले चिन्ता र चिन्तन गर्न छोडेर चाकडीमा लाग्ने वेला अहिले नभएको जनाउँदै आरोप र प्रत्यारोपको संकिर्णतामा डुवेर वस्नु भन्दा गम्भीर समीक्षा सहितको भविष्यको मार्ग प्रशस्त गर्न गृहकार्य गर्नुपर्नेमा जोड दिए ।
‘दरवार हत्याकाण्डपछि राजसंस्था प्रति जनआस्था अत्यन्त कम भयो । त्यसमाथि चिठ्ठा परेर राजा भएका ज्ञानेन्द्रको मुर्खताले गणतन्त्र मुलुक कै एजेण्डा वन्न गयो’ गुरुङले भने ‘तर संघियता र धर्मनिरपेक्षताको पक्षमा उभिनु अघि पार्टीले गंभिरतापूर्वक सोच्नै पथ्र्यो । संविधानमा समाजवाद उन्मुख भनेर कसका पक्षमा हामीले आत्मसमर्पण गरेको हो ? उनले प्रश्न गर्दै प्रजातन्त्रको सौन्दर्य भनेको विचारको वहुलता भएको बताए ।’ उनले अहिले कांग्रेस गर्विलो ईतिहास र धुमिल वर्तमान भएको पार्टीमा रुपान्तरण भएको आरोप लगाए ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...