कोरोना संक्रमित २४ घण्टामै २ हजार ७६० थपिएः थप ३३ को मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोरोना संक्रमित २४ घण्टामै २ हजार ७६० थपिएः थप ३३ को मृत्यु


नयाँ बिकल्प,

काठमाडौं – नेपालमा पछिल्लो तीन दिनदेखि कोरोना संक्रमितको सख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार एक सय ३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ५७ र ३ हजार ८ सय ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ३ जना गरी २ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६ सय ६२ पुगेको छ। सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ हजार १७ रहेको छ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ। २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन्।
हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार १४५ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४सय १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ सय १६, भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएका हुन्। उपत्यकामा हाल ८ हजार ३ सय ५४ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ असार १७, १७: २८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ असार १७, १७: २८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ असार १७, १७: २८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...