बालिकामाथि बलात्कार गर्ने आरोपी पुर्पक्षका लागि कारागार चलान – Naya Bikalpa
November 25, 2026, Wednesday      Epaper

बालिकामाथि बलात्कार गर्ने आरोपी पुर्पक्षका लागि कारागार चलान

नयाँ विकल्प

सप्तरी- सप्तरीमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ।

कारागार चलान हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २५ वर्षीय छोटु भनिने देवनारायण मण्डल रहेका छन्। १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा मण्डल पक्राउ परेका थिए। जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको एकल इजलासले उनलाई सोमबार पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको हो।

उक्त घटनामा यसअघि पक्राउ परेका रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने वेदप्रकाश मण्डल कारगारमा कैद छन्। जिल्ला अदालतले वेदप्रकाशलाई गत पुस १२ गते सात वर्ष कैद सजायको फैसला गरेको थियो। अन्य आरोपितमध्ये रुपनी गाउँपालका–६ वीरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल, २० वर्षीय विद्यानन्द सरदार, २८ वर्षीय आनन्द सरदार र २८ वर्षीय ओमप्रकाश मण्डल हालसम्म पक्राउ परेका छैनन्।

रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च माविमा ०७६ जेठ ४ गते साँझ कञ्चनरुप नगरपालिका–११ ठेलियाका साथीले बोलाएर गएकी पीडितलाई अकस्मात आएका आरोपितहरुले सामूहिक बलात्कार गरेको पीडितले बताएकी छन्। कक्षा ११ को परीक्षा दिन आफन्तको घर आएकी पीडितसँग कुराकानी गरिरहेका साथीलाई आरोपितहरुले कुटपिट गरी बलात्कार गरेको उनले बताइन्।

घटनालगत्तै ०७६ जेठ ५ गते पक्राउ परेका वेदप्रकाशको बयानका आधारमा अन्य आरोपितहरु पहिचान भएको थियो। आरोपित सात जनामध्ये फरार रहेका पाँच जनाको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन
मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन
  • २०७८ असार २२, ०७: २८

काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन...

सुनचाँदीको मूल्य निरन्तर घट्दो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य निरन्तर घट्दो, कतिमा हुँदैछ कारोबार ?
  • २०७८ असार २२, ०७: २८

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  सुन तोलामा रु छ हजार ५०० र चाँदी रु १०५...

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान
  • २०७८ असार २२, ०७: २८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता...