नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन – Naya Bikalpa
November 13, 2026, Friday      Epaper

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

नयाँ विकल्प

चितवन
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ। यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन। सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिरोको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ।

पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। आज बिहान ५ः३० बजेदेखि सेतीदोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिराले सयौँ सवारी साधन रोकिएका छन्। सवारी साधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ।

सम्बन्धित समाचार

सर्वोच्च अदालतमा ४ न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा ४ न्यायाधीश नियुक्त
  • २०७८ असार २३, १०: २३

काठमाडौं : सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त भएका छन् । न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका...

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’
‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’
  • २०७८ असार २३, १०: २३

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको...

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई ५० हजार दिने चक्रघट्टाको निर्णय, आज शोक बिदा
भीमफेदी दुर्घटना : मृतकका परिवारलाई ५० हजार दिने चक्रघट्टाको निर्णय, आज शोक बिदा
  • २०७८ असार २३, १०: २३

सर्लाही : मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने...