चीनबाट ल्याएकाे ४० लाख डाेज खोप कहाँ राखिन्छ ? कसरी हुन्छ वितरण ? – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

चीनबाट ल्याएकाे ४० लाख डाेज खोप कहाँ राखिन्छ ? कसरी हुन्छ वितरण ?

नयाँ विकल्प,


काठमाडाैं- नेपालले चीनसँग खरिद गरि ल्याएकाे ४० लाख डाेज खोप कहाँ राखिन्छ र कसरी वितरण गरिन्छ भन्ने प्रश्न आम रूपमा गरिएकाे छ ।

शुक्रवारनेपाल आइपुगेको खाेप कसरी र कहाँ भण्डारण गरिन्छ भन्ने समेत काैतुहलता छ ।त्यसका लागि नेपाल वायुसेवा निगमको विमान बिहीवार नेपालबाट उडेको थियो।

नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ। आज माात्रै नेपाल आएकाे चिनियाँ खाेप भेराेसेलकाे ‘प्रिफिल्ड सिरिन्ज’ का लागि भण्डारण गर्न ठूलाे चिस्यान भण्डारण चाहिने बताइएकाे छ।

अहिलेको अवस्था हेर्दा देशैभरि गरेर लगभग ४० लाख मात्रा भेरोसेल खोप भण्डारण क्षमता तयार रहेकाे बताइएकाे छ । केन्द्रीय स्तरका प्रयाेग हुने खाेपकाे भण्डारण केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टेकु अनि पथलैयामा गरिने छ ।

हेटौँडा, विराटनगर, धनुषा, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू रहेको र त्यसलाई विस्तार गर्ने तयारी समेत भइरहेकाे छ । विमानस्थलमा रहेको भण्डारण केन्द्रको क्षेत्रफल २४ हजार घनमिटर रहेको अधिकारीहरूले बताएका छन् ।

जसमा चीनबाट ल्याउन लागिएको भेरोसेल खोपका आठ लाखभन्दा बढी भाएल राख्न सकिने बताइएको छ। भेरोसेलको हकमा दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापमानमा खोप राख्नुपर्ने हुन्छ भने ।

भण्डारण गरेकाे दुइबर्ष सम्म लगाउन सकिने भेराेसेल खाेलेपछि भने ‘कोल्ड चेन’ कायम गरेर छ घण्टाभित्र खोप दिइसक्नुपर्छ। भारतबाट ल्याइएकाे काेभिडशिल्ड भने माइनस ६०-८० सम्मकाे तापक्रममा रान्नुपर्ने विज्ञहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले एक दिनमा तीन लाखसम्म खोप लगाउन सकिने गरि तयारी गरेकाे छ । ६० देखि ६४ वर्ष उमेर समूहका करिब एकलाख सर्वसाधारणहरूलाई ४१ जिल्लामा एकै दिन खोप दिइएको थियाे ।

याे पटक चिनबाट ल्याइएकाे खाेप देशभरका १६ हजार स्वास्थ्य संस्थाबाट लगाउने तयारी सरकारले गरेकाे बताइएकाे छ ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ असार २५, १६: ३७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ असार २५, १६: ३७

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ असार २५, १६: ३७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...