
एजेन्सी
सिन्ह्वा- दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ। यहाँका अधिकारीहरुले शनिबार पनि यहाँ चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन्। प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र एक हजार ३७८ जना कोभिडका संक्रमितहरु भेटिएका हुन्।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन्। यहाँका अधिकारीहरुले दक्षिण कोरियामा चार दिनदेखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको बताएका हुन्।
योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६६ हजार ७२२ जना पुगेको बताइएको छ। यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ। यहाँका अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको पनि बताएका छन्।
दक्षिण कोरियामा केही हप्ताअघिसम्म ७०० भन्दा बढी संक्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन्। यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५४ प्रतिशत बढी देखिएको छ।
यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरुले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए। शनिबार देखिएका यी संक्रमतिहरुमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ। कोरिया सरकारले यहाँ कोरोनाविरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ।
यहाँ यो संक्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन्।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...