सेनाकाे छाउनी अस्पतालमा मृगाैला उपचार सेवा सुरू – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

सेनाकाे छाउनी अस्पतालमा मृगाैला उपचार सेवा सुरू


नयाँ विकल्प
काठमाडाैं- नेपाली सेनाकाे श्री वीरेन्द्र अस्पताल, छाउनीमा हेमोडाईलाईसिस (मृगौला सम्बन्धी) उपचार सेवा उपलब्ध हुने भएकाे छ ।

नेपाली सेना र काठमाण्डौं महानगरपालिका बीच हेमोडाईलाईसिस सञ्चालन गराउने बारे आइतबार समझदारी भएकाे छ । प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा तथा काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वीरेन्द्र अस्पतालमा खडा भएको हेमोडाईलाईसिस युनिटको एक समारोहका बीच उद्‍घाटन गरेका छन् ।

हेमोडाईलाईसिस सेवा सूरू गर्न महानगरपालिकाले ३ करोड रकमबाट उपल्बध गराएकाे छ । अस्पतालमा सूरू गरिने हेमोडाईलाईसिसका लागि आवश्यक भौतिक पूर्वाधार,८ बटा हेमोडाईलाईसिस मेसिन, १ थान रिप्रोसेसिङ मेसिन पानी शुद्धिकरण गर्ने प्लान्ट सहित अन्य मेडिकल उपकरणहरु जडान गरिएको छ ।

हेमोडाईलाईसिस सेवा संचालनको लागि आवश्यक ७ जना एमवीवीएस डाक्टर , ३ जना नर्स, लगायतकाे जनशक्ति महानगरपालिकाले उपलब्ध गराउने सेनाले जनाएकाे छ । साथै, उक्त युनिटमा महानगरपालिकाबाट सिफारिस भएका महानगरका मृगौलाका पिडित बिरामीहरुलाई निशुल्क दुई सिफ्टमा सेवा प्रदान गर्ने योजना रहेकाे जनाइएकाे छ ।

८ वटा हेमोडाईलाईसिस मेसिनबाट ४८ जना बिरामीहरुलाई साताको दुई पटक सेवा प्रदान गर्न सक्ने क्षमता रहेको सेनाले जनाएकाे छ । उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु,काठमाडौं महानगरपालिकाका उपमेयर तथा अन्य पदाधिकारीहरु लगायत सञ्‍चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार २७, १६: ००

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ असार २७, १६: ००

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ असार २७, १६: ००

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...