
नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सबै नागरिकलाई ६ महिना भित्र कोरोनाविरुद्धको खोप उपलब्ध गराईसक्ने प्रतिवद्धता जनाएका छन्।
वीर अस्पतालको नवनिर्मित शल्यचिकित्सा भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हिजो मात्र खोपको थप मात्रा प्राप्त भएको, भोलीसमेत आउने र अब निरन्तर ल्याउनका लागि सरकार लागि परेको दाबी गर्दै सन् २०२१ भित्र सबै जनसंख्यालाई खोप लगाइसक्ने घोषणा गरे।
‘कोभिडविरुद्धको खोप गतिका साथ ठूलो संख्याका जनतालाई दिन विभिन्न देश र कम्पनीहरुसँग सहमति र संवाद गरिरहेछौं, लगभग सन् २०२१ भित्र सबै जनसंख्यालाई हामी खोप लगाइसक्छौं’, ओलीले उद्घाटन समारोहमा भने ‘ यस अवधिमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने काम भने संसारभरबाट कोभिड १९ समाप्त नभएसम्म जारी राख्नुपर्छ।’
नेपाली भूमि ज्ञानको उत्पत्तिस्थल भएकाले चिकित्सा शास्त्र, शल्य क्रिया जस्ता विषयको ज्ञान यही प्रादुर्भाव भएको दाबी गर्दै जडिबुटिका औषधीय गुणका साथै दुई हजार वर्षअघि श्रूसुत संहिता चरक संहिता निस्किसकेको किंवदन्ती सुनाए।
अब नेपालको चिकित्सा शिक्षा बलियो र भरपर्दाे भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले आफ्नै अनुभवमा विदेशको तुलनामा भन्दा नेपालको उपचार धेरै सजिलो महशुस गरेको बताए।
नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने बताउँदै उनले दुवाकोटमा समेत वीर अस्पतालको विस्तार हुने र नेपालमा जति सस्तो उपचार सेवा अन्यत्र नभएको बताए।
अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापनले कसरी विरामीसँग व्यवहार गर्ने भन्ने सम्बन्धमा सचेत हुनेपर्ने बताउँदै प्रधानमन्त्रीले विरामीको आधा रोग मनोबल कसरी बढाउँदा नै निको पार्न सकिने कुुरालाई चरितार्थ गरिनुपर्ने बताए ।
अस्पताललाई अबिलम्ब पूर्ण क्षमतामा लैजाने र त्यसक्रममा नचाहिएको सामान किनेर निस्कृय बनाउने काम गर्नुनहुने भनाई उनको थियो।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जागेश्वर गौतमले २०७४ फागुन २५ गते शिलान्यास भएको सर्जिकल भवन समयभन्दा अगाडि नै निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताउँदै सर्जिकल भवनको निर्माणबाट वीर अस्पतालमा थप ५ सय शैया थपिएको बताए।
अब नयाँ भवनमा कोभिड र पुरानो भवनमा गैर कोभिडको उपचार गर्न सहज भएको भन्दै गौतमले अस्पताल पूर्ण क्षमतामा संचालनहुँदा दुई सय वटा सघन उपचार कक्ष र एक सय वटा डायलसिस सेवा दिने सैया बन्ने तथा छुटै जेष्ठ नागरिक वार्ड निर्माण गरिने जानकारी दिए।

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...