काठमाडौं । फुटबलको महाकुम्भ सुरु हुन अब तीन दिन मात्र बाँकी रहेको छ । आगमी जुन १४ मा रुसमा हुने विश्वकपले अहिले बजार तताएको छ । विश्वकप खेल्ने टिमहरु रुस पुग्ने क्रम जारी रहेको छ । कुल ३२ देशले भाग लिने प्रतियोगितामा आठ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट अन्तिम १६ का लागि दुई टिम छनोट हुनेछन् । त्यसपछि अन्तिम आठका लागि नकआउट चरणका खेल हुनेछन् । केही फुटबलका महारथीहरु भने छनोट चरणबाटै बाहिरिएका छन् ।
यसपटक फुटबलको ६० वर्षे आफ्नो यात्रामा चार पटकको विश्व विजेता इटाली भने छनोट चरणबाटै बाहिरिन पुगेको छ । फिफा ¥याङकिङको नवौं स्थानको चिली पनि विश्वकपमा छनौट नभएको चर्चा पनि त्यत्तिकै भइरहेको छ । फिफा ¥याङकिङमा इटाली १९ औं स्थानमा रहेको छ । सन् १९३० बाट सुरु भएको विश्वकपको पहिलो संस्करणमा इटालीले सहभागिता जनाएन ।
तर, सन् १९३४ को दोस्रो संस्करणमा भाग लिएको उसले त्यही वर्ष विश्वकपको ट्रफी चुम्यो । त्यस लगत्तै १९३८ मा पनि विश्वकपको उपाधि आफ्नो पोल्टामा पा¥यो त्यसपछि भने उसलाई विश्वकप जित्न ४४ वर्ष लाग्यो । यस अवधिमा इटाली सन् १९५८ मा छनोटमा पर्न सकेन । उसले तेस्रो पटक विश्वकप १९८२ मा जितेको थियो । त्यसपछि सन् २०१४ सम्म लगातार छनोट हुँदै आएको इटालीलाई विश्वकप जित्न २४ वर्ष लाग्यो । उसले २००६ मा १९९४ को फाइनलमा फ्रान्ससँग हारको बदाल लिँदै उपाधि उचालेको थियो । त्यसपछि भने लगातार ओरालो लागेको इटालियन फुटबल सन् २०१० मा समूह चरणबाटै घर फर्कियो।
त्यो बेला इटाली २६ स्थानमा रहँदै घर फर्किंदा सन् २०१४ मा फेरि समूह चरण पार गर्न सकेन । इटाली अघिल्लो विश्वकपमा २२ औं स्थानमा रहँदै घर फर्किन बाध्य भयो । यो पटकको विश्वकपमा भने उसले छनोट चरण नै पार गर्न सकेन । यसैगरी २०१५ तथा २०१६ को कोपा अमेरिका कप विजेता चिली पनि विश्वकपमा छनोट हुन नसक्दा उसका प्रशंसक निरास भएका छन् । २०१० मा फाइनलम पुगेको नेदरल्यान्ड पनि यस पटकको विश्व कपमा छनोट हुन सकेन ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...