काठमाडौं । सुन तस्करीबाट अकुत सम्पत्ति कमाएको अभियोगमा मुख्य अभियुक्त चुडामणी उप्रेती गोरे र निलम्बित एसएसपी श्याम खत्रीलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइने भएको छ । सम्पत्ति शुद्धिकरण विभागले काठमाडौं झिकाएको हो ।
३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको समितिको प्रारम्भिक अनुसन्धानमा उनीहरूले अकुत सम्पत्ति आर्जन गरेको देखिएको छ । सोही समितिको सिफारिसमा विभागले छानविन गर्न लागेको हो । उनीहरूलाई काठमाडौं ल्याएर थप अनुसन्धान गर्न मोरङ प्रहरी, जिल्ला अदालत मोरङ र कारागार व्यवस्थापन विभागमा समेत परिपत्र गरिएको छ । काठमाडौं ल्याएपछि उनीहरूसँग थप बयान लिइने समिति स्रोतले नेपाल समयलाई जानकारी दिएको छ ।
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...
काठमाडौँ : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले...