ट्रेड युयिनयन कांग्रेसको छैटौं महाधिवेशन सुरु – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

ट्रेड युयिनयन कांग्रेसको छैटौं महाधिवेशन सुरु

गुटगत स्वार्थमा नेताहरुको दौडादौड

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं राष्ट्रिय महाअधिवेशन यही जेठ २९ गतेबाट तीन दिनसम्म काठमाडौंमा हुँदै छ । नेपाली कांग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २९ गते ११ः३० बजे पुतलीसडकस्थित यलम्बर पार्टी प्यालेसमा उद्घाटन गर्ने कार्यक्रम रहेको ट्रेड युनियन कांग्रेसका वर्तमान अध्यक्ष खिलानाथ दाहालले नयाँ विकल्प अनलाइनलाई बताए । छैटौं महाअधिवेशनका लागि देशभरबाट करीब तेह्र सयको हाराहारीमा प्रतिनिधिहरु काठमाडौं आउँदै छन् । कांग्रेसको सशक्त शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल ट्रेड युनियन कांग्रेसमा चुनावी चहलपहल बढेर गएको छ । ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष खिलानाथ दाहाल, त्यसैगरी अर्का उम्मेद्वार पुस्कर आचार्य तथा ट्रेड युनियनकै महिला नेतृ रमा पौडेलले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । खिलानाथ दाहाल देउवा प्यानलबाट उम्मेदवारीमा खडा भएका छन् भने पुस्कर आचार्य संशाक कोइरालाको प्यानलबाट चुनावी मैदानमा उत्रिएको बताइएको छ । उता एक मात्र महिला नेतृ रमा पौडेललाई भने नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरुकोे आर्शिबाद रहने बताइएको छ ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७५ जेष्ठ २८, १०: ५८

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७५ जेष्ठ २८, १०: ५८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७५ जेष्ठ २८, १०: ५८

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...