प्रधानमन्त्री देउवा गरे सीसीएमसी र स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग छलफल – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रधानमन्त्री देउवा गरे सीसीएमसी र स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग छलफल


नयाँ विकल्प,


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसी पदाधिकारीसँग छलफल गरेका छन् ।

बुधबार अमेरिकाबाट फाइजर खोप ल्याउन सकिने अवस्थाबारे निजी निवास बुढानिलकण्ठमा कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समितिका अध्यक्ष बालानन्द शर्मा र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालसँग देउवाले छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवाले कोरोना महामारी नियन्त्रणका लागि भैरहेका प्रयासबारे पदाधिकारीबाट जानकारी लिएका हुन् । यस्तै

फाइजर खोप ल्याउन भैरहेको प्रगति, उक्त खोप ल्याउँदा नेपालमा भण्डारणको अवस्थाबारे देउवाले छलफल गरेका थिए ।

२ करोड ५० लाख जनसंख्यालाई कोरोना खोप आवश्यक पर्ने जानकारी गराउँनुका साथै प्रधानमन्त्रीसँगको भेटमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीले १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लगाउन आवश्यक भएकाले ल्याउन पहल भैरहेको बताएका थिए ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ असार ३०, २१: ५१

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ असार ३०, २१: ५१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार ३०, २१: ५१

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...