
नयाँ बिकल्प
काठमाडौं – नयनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले सरकारले अटोमोबाइल्सको क्षेत्रमा कार्यरत कर्मचारी र मजदूरका साथै सवै नेपालीलाई सर्वशुलभ रुपमा खोप उपलब्ध गराउन सरकारले तयारी गरेको बताएका छन्।
नाडा अटोमोबाईस एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृतवमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले सबै नेपालीलाई खोप उपलब्ध गराउने बताएका हुन्।
प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले नेपालमै अटोमोवाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह गर्दै त्यसलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन दिए।
नेपालको अटोमोवाइल क्षेत्रमा देखिएका समस्याहरुलाई एकैसाथ उल्लेख गरेर पठाउन नाडाका पदाधिकारीहरुलाई मन्त्री शर्माले आग्ह गरेका थिए।
नाडाका अध्यक्ष दुलालको नेतृत्वमा गएको पाँच सदस्यीय प्रतिनिधि मण्डलले मन्त्री शर्मासँग बिहीबार गरेको भेटका क्रममा नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको र सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु समाधान गर्न आग्रह गरे।
भेटमा अध्यक्ष दुलालले अटोमोवाइलक्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गर्नु पर्ने भन्दै नेपालमा उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरेका थिए।
अध्यक्ष दुलालले आगामी २०७८÷०७९ को मौद्रीक नीति अटोमोवाइल व्यवसायी मैत्री आउने आशा व्यक्त गरेका थिए।
नाडाका उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारी साधनहरुको आयात नेपाल राष्ट्र बैङ्कले सवारी साधनहरुको विक्रिमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३÷७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घटन थालेको जानकारी दिए।
नेपालको सार्वजनिक यातायात राम्रोसंग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको चौधरीले स्पस्ट पारे। महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताएका थिए।
छलफलमा नाडाका सचिव अनुप बराल तथा एशोसिएशन सचिव सुरेन्द्र प््रधान समेतको उपस्थिति थियो।

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान...
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...