
नयाँ विकल्प,
काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका विभिन्न अस्पताल सञ्चालन भएकाे काेभिड विरूद्धकाे खाेप केन्द्रकाे अनुगमन गरेका छन् ।

प्रधानमन्त्री देउवाले उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका छन् ।

अमेरिकी सरकाले दिएकाे १६ लाख डाेज जाेन्सन एण्ड जाेन्सन खाेप आजदेखि सर्वसाधारणलाइ समेत लगाउन थालिएकाे छ । प्रधानमन्त्री देउवाले गरेकाे निरिक्षणमा नेपालकालागि अमेरिकी राजदुत समेत सहभागि भएका थिए ।

प्रधानमन्त्री देउवाले खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन दिएका छन्। देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप रहेकाे बताएका छन् ।






काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...