कोरोनाको तेश्रो लहर नियन्त्रणको लागि प्रधानमन्त्रीलाई विज्ञको १८ बुँदे सुझाव – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

कोरोनाको तेश्रो लहर नियन्त्रणको लागि प्रधानमन्त्रीलाई विज्ञको १८ बुँदे सुझाव

नयाँ बिकल्प,

काठमाडौं । कोरोना संक्रमणको महामामारीले तेश्रो लहरको जोखिम निम्त्याउन सक्ने भन्दै विभिन्न आठजना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिँदै १८ बुँदे सुझाव दिएका छन्।

तेस्रो लहरको जोखिम रहेको भन्दै उनीहरुले यो महामारी नियन्त्रण र तेस्रो लहरका लागि पूर्व तयारी अपनाउन नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो सुझाव दिएका हुन्।

विज्ञहरुले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छवि भएको व्यक्तिलाई स्वास्थ्य मन्त्रीका रुपमा नियुक्त गर्न आग्रह गरेका छन्।
योग्य व्यक्तिले मात्रै अहिलेको महामारीसँग लड्न सक्ने भन्दै काम गर्नसक्ने मान्छेलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्न उनीहरुले सुझाव दिएका हुन्।

स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन, कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङको सख्यामा वृद्धि गर्न विज्ञहरुले प्रधानमन्त्री देउवालाई आग्ह गरेका छन्।

अक्सिजन उत्पादन र आपूर्ति क्षमतामा वृद्धि गरी सहरका वडा र गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न, राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि उनीहरुले अनुरोध गरेका छन्।

प्रधानमन्त्री देउवालाई यसरी सुझाव दिने विषय विज्ञहरुमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गरेका छन्।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण ६, १४: ४५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ६, १४: ४५

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ श्रावण ६, १४: ४५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...