आइकाओको गम्भीर सुरक्षा चासो सूचीबाट हट्यो नेपाल – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

आइकाओको गम्भीर सुरक्षा चासो सूचीबाट हट्यो नेपाल

काठमाडौं । नेपालको हवाई उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन –आइकाओ)को गम्भीर सुरक्षा चासो –एसएससी)को सूचीबाट हटाइएको छ । गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रतिनिधिसभाको बैठकलाई सो कुरा बारे जानकारी गराएका हुन् । आइकाओले नेपालको हवाई सुरक्षा जोखिममुक्त नभएको भन्दै सन् २०१३ बाट एसएससीको सूचीमा राखेको थियो ।

आइकाओको सूचीबाट हटेसँगै अब इयूको कालोसूचीबाट पनि नेपाल हट्ने बाटो खुलेको मन्त्री अधिकारीले बताए । आइकाओले नेपालको हवाई सुरक्षा गम्भीरु रहेको बताएपछि इयुले पनि नेपाललाई कालोसूचीमा राखेको थियो । सुरक्ष चासो जनाउने इयुले नेपाल विमानलाई युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाएको थियो ।

तर उडान सुरक्षाका सम्बन्धमा नेपालले सबै प्रगति प्रतिवेदन इयुलाई पठाइसकेकोले अबको तीन महिनाभित्र इयुको कालोसूचीबाट नेपालको नाम हट्ने बताएका छन् । उक्त प्रतिवेदनमाथि इयुको प्राविधिक टिमको अध्ययन पछि कालोसूचीबाट हट्ने टुंगो लाग्नेछ भने नेपालको ध्वजाबाहक विमान पनि युरोपेली आकाशमा उड्ने बाटो खुल्नेछ ।

सम्बन्धित समाचार

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ असार ११, ०६: ३२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ असार ११, ०६: ३२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
  • २०७५ असार ११, ०६: ३२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्।...