
नयाँ बिकल्प,
काठमाडौं – नेपालमा पाछिल्लो २४ घण्टामा २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
१३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ। तीमध्ये ९ हजार ७१३ जनाको मृत्यु भएको छ भने २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन्। संक्रमितमध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३९४, प्रदेश २ मा ६६ तथा बागमती प्रदेशमा ६९५ जना, गण्डकीमा २३२, लुम्बिनीमा १०७, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
कुन जिल्लामा कति थपिए संक्रमित ?
काठमाडौं उपत्यकामा ६२४ जना संक्रमित थपिएका छन् । तिमध्ये काठमाडौ जिल्लामा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जना संक्रमित थपिएका छन्।
मोरङमा १८७, कास्कीमा ११४, सुनसरीमा ९४, बागलुङमा ७१, झापमा ६३ र रुपन्देहीमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार सप्तरीमा २९, नुवाकोटमा २६, कञ्चनपुरमा १६, स्याङ्जामा १३, रौतहट र गुल्मीमा १२, १२, सिरहा र धादिङमा ११, ११ तथा गोरखा र नवलपरासी पूर्वमा १०, १० जना संक्रमित थपिएका छन्।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...