पौडेलको “यू–टर्न”ले कांग्रेसभित्र खैलाबैला – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

पौडेलको “यू–टर्न”ले कांग्रेसभित्र खैलाबैला

सभापति देउवालाई महङ्गो बनेको जिल्ला सभापति भेला

काठमाडौं । नेपाली कांग्रेसले असार ५–८ मा हेटौंडामा आयोजना गरेको जिल्ला सभापति भेला सभापति शेरबहादुर देउवालाई महङ्गो सावित भयो । स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिव एक बर्षपछि निर्वाचनकै समिक्षा लगायतका एजेण्डामा केन्द्रीत जिल्ला सभापतिको राष्ट्रिय भेलाले सभापति देउवा र उनका नजिक नेताहरुले अमिलो अनुभव गरेका छन् ।

यद्यपि १३औं महाधिवेशनमा पार्टी सभापतिमा शेरबहादुर देउवासँगै सभापतिको लागि उम्मेदवारी दिएर पराजित भएका रामचन्द्र पौडेलले हेटौंडामा सभापतिहरुको भेलामा भने देउवालाई भित्रि रुपमा सघाएको सूत्रको दावी छ । उक्त भेलामा पौडेलले भेलालाई सम्बोधन गर्दा आपूmले गुट नखोलेको र कुनै गुटको पनि नेता बन्न नचाहेको समग्र पार्टीको एकतामा लागेको भन्दै देउवापट्टि नै यू–टर्न गरेको भेलामा सहभागि एक सभापतिले नयाँ विकल्पलाई बताए ।

तर समापन कार्यक्रमसम्म आइपुग्दा पार्टी सभापति देउवाको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय बेहोरेपछि सभापति देउवाले निर्वाचन भएको ४ महिनापछि केन्द्रीय कार्य समितिको बैठक बोलाउँदा आलोचना बेहोरेका थिए । बैठकले पराजयको कारण र भावि कार्यदीशाको बारेमा निर्णय गर्न सकेको थिएन तर सभापति देउवाले पराजयको कारण आफै भएको भनेर घुमाउरो पाराले स्वीकार्न वाध्य भए । देउवाले आफूले जिल्ला सभापतिको अधिकार खोसेर गल्ती गरेको स्वीकारे । उनले आफूलाई भेट्न १५ चोटी सम्म धाउनेहरुले आफूलाई टिकट दिए चुनाव जित्छु भनेर विश्वास गर्दा गल्ति भएको बताए । उनले चुनाव जित्छु भनेर आफूलाई भन्नेहरुको विश्वास गर्दा जिल्ला सभापतिको अधिकार कटौति गरेको पनि स्वीकारे । उनले अन्यतिर बाट पनि आफूलाई दबाबा आएको वताए । तर कसले कस्तो दवाब दियो भन्ने कुरा खुलाउन चाहेनन् ।

उनले आईजीपी प्रकरणमा आफू गलत नभएको भन्दै न्यायालय र प्रहरी प्रधान कार्यालयकै रिपोर्ट र दाबी फरक गरेको बताए । उनले तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीलाई महाभियोग नलगाएको भए र नवराज सिल्वाललाई आईजीपी बनाएको भए निर्वाचन नै हुन नदिने षडयन्त्र हुने भन्दै आफ्नो भनाईको बचाउ गरे ।

सिति मिति आफ्नो आलोचना सुन्न पनि नचाहने र नसक्ने देउवाको कार्यशैली र जीवन शैली बोकेका सभापति देउवाले टिकट वितरण गर्दा जिल्ला सभापतिको अधिकार कटौति गरेर आफूले गल्ति गरेको पहिलो पटक स्वीकारेका छन् । पार्टीको जिम्मेवारीमा होस वा सत्ताको नेतृत्व गर्दा समेत देउवाले गल्ती र कमजोरी महसुस गरेर सार्वजनिक रुपमा अभिब्यक्ति दिएको संभवत पहिलो पटक भएको डडेलधुराकै सभापति कर्ण मल्ल बताउँछन् ।

केन्द्रीय कार्य समिति बैठकले समेत जिल्ला सभापति र महासमिति भेला मार्फत पार्टीको भावि कार्यदिशा निर्धारण गर्ने निष्कर्ष निकालेपछि सभापतिको भेलामा उठ्ने असन्तुष्टी र गुनासोलाई संवोधन गर्न सभापति देउवालाई निकै कठीन र सकस परेको थियो ।

भेलामा सभापति देउवामाथि आक्रोस र गुनासो पोख्नेमा आफ्नै गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्ल र ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य अग्र पंक्तिमा उभिएपछि देउवा मञ्चमा बस्दा समेत अत्यन्तै अप्ड्यारो मानीरहेको थिए ।

७७ मध्ये करिव ३२ जना संस्थापन पक्षका छन भने संस्थापन इत्तर ४५ सभापति छन्। भेलामा संस्थापन पक्षधर सभापतिहरुले समेत नेतृत्वप्रति असन्तुष्टी पोखेपछि देउवा निकै छटपटमा परेका थिए ।

‘जिल्ला सभापतिलाई स्थानीय तहको निर्वाचनमा उठाउने उम्मेदवार छनोट गर्ने अधिकार नदिइको प्रति सबैभन्दा बढी असन्तुष्टी छ’, कांग्रेस ललितपुरका सभापति अमात्यले भने ‘अनुशासनको कारबाही गर्न जिल्ला सभापतिले गरेको सिफारिस कार्यान्वयन नगर्ने यो नेतृत्व निरंकुस र सामन्ति प्रबृत्तिकै हो ।’ उनले सभापति देउवालाई संवोधन गरेर नै पार्टीलाई अराजक र अनुशासनहिनहरुको भिंडमा परिणत भएको आरोप लगाएका थिए ।

भेलामा अधिकांस जिल्ला सभापतिहरुले स्थानीय निर्वाचनमा एउटै पदमा २ देखि ३ जनासम्मलाई टिकट दिएको, स्थानीय तहको निर्वानमा पार्टीको उम्मेदवार चयन गर्दा जिल्ला कार्यसमितिलाई बञ्चित र भूमिकाहिन बनाइएको भनेर गुनासो गर्ने गरेको देखिन्छ । स्थानीय तहमा उम्मेदवार चयन गर्दा हाम्रो भूमिकालाई निस्तेज गर्ने, गौण बनाउने काम नेतृत्वले गरेको छ’, कांग्रेस बर्दियाका सभापति तथा सांसद सञ्जय गौतमले भने ‘प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार छनौट गर्दा हाम्रो सुझाव नलिनु त्रुटि हो।’

गौतमले १३ औं महाधिवेशनमा सभापति देउवाको बिरुद्ध र अर्का सभापतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा बिज्ञप्ती निकालेकै आधारमा ४२ जना जिल्ला सभापतिलाई ठेगान लगाउन भन्दै सबै सभापतिलाई अधिकारविहिन बनाएर पक्षपात, विभेद गरेर पीडा दिएको गुनासो गरे । चीतवनका सभापतिले त प्रचण्डकी छोरीलाई जिताउन भोट माग्दै कांग्रेसको उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाएर स्थानीय निर्वाचनमा हसिया हथौडामा र संसदीय निर्वाचनमा हलोलाई भोट हाल्न लगाएर चितवनका कांग्रेसको भावनामाथि खेलवाड गरी मानसिक यातना दिएको गुनासो गरे ।

नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले सभापति आफै एउटा गुटको मात्र नेता बन्न चाहेको, अन्तरघात र असहयोग गर्नेलाई अनुशासनको कारबाही गर्नु पर्नेमा पार्टी नेतृत्वमा मनोनित गरेको जस्तो आरोप लगाएका थिए । उनले सभापति देउवालाई धृतराष्ट्रको जस्तो व्यवहार देखाएको भन्दै कांग्रेसका कार्यकतालाई छोडेर अन्य दलका नेताको भनाई पछि कुदेको गुनासो गरे । कालिकोटका सभापति हर्ष बमले कांग्रेसबाट उम्मेदवार बन्न पैशावालाले मात्र पाउने भए भन्दै देउवाको आलोचना गरे । उनले नेतृत्वसँग डराएर, कायर भएर र चाकडी गरेर कांग्रेसलाई परिवर्तन गर्न नदिनेहरुले पार्टीलाई कमजोर बनाएको आरोप लगाए ।

सिन्धुपाल्चोकका सभापति बिकास लामाले मुटु रेटेर दुख्यो कि दुखेन भन्दै सोधे झैं सभापतिलाई अधिकारबिहीन र जिम्मेवारबिहिन बनाएर बारम्बार मानसिक पीडा दिने गरेको आरोप लगाए । डडेलधुराका सभापति कर्ण मल्लले सभापति देउवाले १० औं महाधिवेशनमा हेटौंडाबाट सभापतिमा उम्मेदवारी घोषणा गर्दा परिवारबाद र नाताबादका बिरुद्ध लड्न आफ्नो उम्मेदवारी हो भनेर भनेको शब्द सम्झाएका थिए । उनले आफू सभापति भए पनि सिफारिस कार्यान्वयन नभएको, सभापति आफै परिवारका सदस्यको सल्लाहमा चल्ने गरेको, सूर्य चिन्हमा भोट हालेका नेविसंघका नैनसिंह महरलाई कारबाही नगरेको जस्ता आरोप लगाएका थिए । महरले गाउँमा खसि भाग लगाउँदा १५ परिवारलाई वाँडिसकेपछि १६ व्यक्ति भाग खोज्न आउँदा आन्दा भुँडी र खुट्टा मात्र दिने गरेको प्रसंग कोट्याउँदै सभापति देउवाले अहिले सभापति भेला गरेर हामीलाई त्यही आन्द्रा भूँडी वाँडचुड गर भनेर छलफल चलाएको बताए ।

इलामका सभापति हिमालय कर्मचार्यले र तेह्रथुमका सभापतिले देउवालाई मालिक र ठेकेदारलाई मात्र समानुपातिकमा राखेर दुख पाएका पुराना कार्यकर्तालाई उपेक्षा गरेको आरोप लगाए । तेह्रथुमका सभापतिले त उद्योग वाणिज्य महासंघमा बहुमत कांग्रेस पक्षधर भएपनि त्यही संघको बिरोधी बिनोद चौधरीलाई निर्वाचन परिचालन कमिटीमा राखेर सारा उद्योगी व्यवसायीको मन दुखाएको गुनासो गरे ।

प्रधानमन्त्री स्वदेश फिर्ता
काठमाडौं । आप्mना चिनियाँ समकक्षीको निमन्त्रणामा चीनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली हिजो विहान स्वदेश फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले आप्mनो भ्रमणले चीन र नेपालको राजनैतिक सम्बन्ध थप बलियो र सुदृढ भएको बताए ।

उनले चीनसँग भएको रेलमार्ग निर्माणको सम्झौता सबैभन्दा महत्वपूर्ण उपलब्धी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङ्गपिङ्गले अनुकूल मिलाएर नेपाल भ्रमण गर्ने जानकारी दिए । उनले जारी गरेका प्रेस नोटमा आप्mनो ६ दिने भ्रमणका क्रममा भएका महत्वपूर्ण भेटघाट तथा सम्झौताहरु बारे उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७५ असार ११, ०७: ३५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७५ असार ११, ०७: ३५

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७५ असार ११, ०७: ३५

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...