
नयाँ बिकल्प,
काठमाडौं – कोरोना महामारीका कारण सरकारले देशव्यापी रुपमा जारी गरेको निषेधाज्ञा (लक डाउन) खुकुलो बनाएको एक महिनामै मुलुकमा संक्रमितको सख्या दोब्बर हुन थालेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ जना कोरोनाका संक्रमित थपिएसँगै संक्रमणले महामारीको रुप लिन सक्ने आंकलन हुन थालेको को। १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोभिड–१९ को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९ हजार ७५८ पुगेको छ।
हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना संक्रमित भएको पुष्टि भइसकेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कूल संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन्। नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
हालसम्म ३४ लाख ६२ हजार ३४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६७० जनाले दुवै डोज खोप लगाएका छन्।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...