सरकारमा सहभागी हुन माधव नेपाललाई सांसदहरुको तीब्र दबाब – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

सरकारमा सहभागी हुन माधव नेपाललाई सांसदहरुको तीब्र दबाब


नयाँ बिकल्प,

काठमाडौं – नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरुले वर्तमान सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन्।
बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठान भवन हलमा भएको नेता नेपाल पक्षधर सांसदहरुको छलफल उपस्थित अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने नेता नेपाललाई दबाब दिएका हुन्।

बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले वालुवाटारमा बोलाएको ५ दलिय सत्तारुढ गठबन्धनको छलफलमा नेता नेपालको तर्फबाट प्रतिनिधित्व गरेका नेता बिजय पौडेलले देउवा नेतृत्वको सरकारमा आफूहरु तत्काल सहभागी नहुने जनाएका थिए।

सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेतालाई बोलाइएको बैठकमा नेता नेपालको तर्फबाट नेता पौडेल सहभागी थिए। पौडेलले आफूहरुको तर्फबाट प्रतिनिधित्व गरेको छलफलमा सरकारमा नजाने भन्ने धारणा राखेकामा असन्तुष्टि पनि जानएका छन्।

माधव नेपाल पक्षको छलफलमा सहभागी सांसद मेटमणी चौधरीले सहभागी अधिकांस सांसदले सरकारमा सहभागी हुनु पर्ने माग र दबाब दिएको बताए । उनले आफूहरु सरकारमा सहभागी नहुने पक्षमा भनेर बाहिर आएको कुरा गलत रहेको दाबी समेत गरे।

छलफलमा नेता नेपालसहित १९ सांसद उपस्थित थिए। देउवाले प्रधानमन्त्री भएपछि प्रतिनिधि सभामा राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा नेपालनिकट २२ सांसदले मत हालेका थिए। तीमध्ये तीन सांसद भने काठमाडौंबाहिर रहेकाले छलफलमा सहभागी नभएको बताइएको छ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७८ श्रावण १३, १६: ४०

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७८ श्रावण १३, १६: ४०

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७८ श्रावण १३, १६: ४०

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...