
नयाँ बिकल्प,
काठमाडौं – नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरुले वर्तमान सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन्।
बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठान भवन हलमा भएको नेता नेपाल पक्षधर सांसदहरुको छलफल उपस्थित अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने नेता नेपाललाई दबाब दिएका हुन्।
बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले वालुवाटारमा बोलाएको ५ दलिय सत्तारुढ गठबन्धनको छलफलमा नेता नेपालको तर्फबाट प्रतिनिधित्व गरेका नेता बिजय पौडेलले देउवा नेतृत्वको सरकारमा आफूहरु तत्काल सहभागी नहुने जनाएका थिए।
सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेतालाई बोलाइएको बैठकमा नेता नेपालको तर्फबाट नेता पौडेल सहभागी थिए। पौडेलले आफूहरुको तर्फबाट प्रतिनिधित्व गरेको छलफलमा सरकारमा नजाने भन्ने धारणा राखेकामा असन्तुष्टि पनि जानएका छन्।
माधव नेपाल पक्षको छलफलमा सहभागी सांसद मेटमणी चौधरीले सहभागी अधिकांस सांसदले सरकारमा सहभागी हुनु पर्ने माग र दबाब दिएको बताए । उनले आफूहरु सरकारमा सहभागी नहुने पक्षमा भनेर बाहिर आएको कुरा गलत रहेको दाबी समेत गरे।
छलफलमा नेता नेपालसहित १९ सांसद उपस्थित थिए। देउवाले प्रधानमन्त्री भएपछि प्रतिनिधि सभामा राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा नेपालनिकट २२ सांसदले मत हालेका थिए। तीमध्ये तीन सांसद भने काठमाडौंबाहिर रहेकाले छलफलमा सहभागी नभएको बताइएको छ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...