कोरोना ३ हजार ६११ संक्रमित थपिए, २७ जनाको मृत्यु -कुन जिल्लामा कति संक्रमित? – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

कोरोना ३ हजार ६११ संक्रमित थपिए, २७ जनाको मृत्यु -कुन जिल्लामा कति संक्रमित?

नयाँ बिकल्प,

काठमाडौं –नेपालका पछिल्लो २४ घण्टामा ३ हजार ६११ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना संक्रमित मात्र निको भएका छन्।

नेपालमा कोरोना संक्रमित शुक्रबारको विवरणलाई जोड्दा कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ। तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा ९ हजार ७८३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर कूल सक्रिय संक्रमितको संख्या ३१ हजार १४ पुगेको छ। त्यसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा र ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ।
१० वर्षमुनिका ७६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०६ जना कोरोना संक्रमित थपिएका छन्।

कुन जिल्लामा कति संक्रमित थपिए ?

सबैभन्दा धेरै काठमाडौंमा ५५६, कास्कीमा ३३३, झापामा २३६, ललितपुरमा १८७, सुनसरीमा १७० जना र मकवानपुरमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


चितवनमा ८२, भक्तपुरमा ७६, सुर्खेतमा ७१, नवलपरासी पुर्वमा ५८, रुपन्देहीमा ५७, मोरङमा ४२, गोरखामा ४०, नुवाकोटमा ३३, स्याङ्जामा २६, पाल्पा र कैलालीमा २४–२४ जना, काभ्रेपलाञ्चोकमा २२, महोत्तरी र तनहुँमा १९–१९ जना, धनकुटामा १७, अर्घाखाँची र जुम्लामा १६–१६ जना, धादिङमा १४, रौतहट र बाँकेमा १३–१३ जना, नवलपरासी पश्चिममा १२, इलाम र रामेछापमा ११–११ जना तथा म्याग्दी, लमजुङ, गुल्मी र दाङमा १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण १५, १७: ५९

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ श्रावण १५, १७: ५९

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ श्रावण १५, १७: ५९

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...