अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजना नक्कली परीक्षार्थी पक्राउ – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजना नक्कली परीक्षार्थी पक्राउ

नयाँ विकल्प

डोटी- अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थीको आरोपमा शुक्रबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुदीपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी रहेका छन्। उनीहरुले लिखित परीक्षामा अन्य उमेदवार सामेल गर्न लगाई लिखित परीक्षा पास भएपछि अहिले मौखिक परीक्षामा आफैँ उपस्थित भएका कारण छानबिनका क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक केशव पन्तले जानकारी दिए।

पक्राउ परेकालाई कीर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ श्रावण १६, १२: ०२

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ श्रावण १६, १२: ०२

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ श्रावण १६, १२: ०२

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...