
नयाँ विकल्प,
काठमाडौं – गृह मन्त्रालयले दार्चुलामा तुइन काटेर नेपाली नागरिकको ज्यान गएको विषयमा अनुसन्धान गर्न एक समिति गठन गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरेर १० दिनको समय दिइएको छ ।
गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठन भएको समितिलाई अहिले सहसचिवस्तरमा झारिएको हो । न्यौपाने बाहिर हिड्न र समितिमा बस्न नभ्याउने भएपछि सहसचिवको संयोजकत्वमा समिति गठन भएको हो ।
सहसचिव गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक ‘डीआईजी’ हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ । उनीहरुले सोमबारबाट काम थाल्ने बताइएको छ ।
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...