
नयाँ बिकल्प ।
काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पूर्ववर्ती सरकारले राखिएका डा.जागेश्वर गौतमलाई सरकारले परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरिदिएको छ।
सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमलाई गरेको सरुवा बद्धर भएको भन्दै केही संचार माध्यमलाई मंगलबार अफवाह फैल्याइएको थियो। बीर अस्पतालको प्रमुख प्रशासकिय अधिकारीमा भने डा. भूपेन्द्र बस्नेतलाई जिम्मेवारी दिइएको छ ।
गौतमको सरुवासँगै डा रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको थियो, तर उनको सरुवा भने रोकिएको छ।
डा. गौमतसहित अन्य महाशाखाका प्रमुखको सोमबार सरुवा भएको थियो। स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका डा. विवेकलाल कर्ण, क्षयरोग केन्द्रको प्रमुखमा रीता जोशीलाई जिम्मेवारी दिइएको थियो। तर, उनीहरुको सरुवा भने रोकिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवाले डा बस्नेतलाई वीरको जिम्मेवारी दिएका हुन्। डा. बस्नेतलाई मन्त्रालयले पत्र बुझ्न बोलाइसकेको छ। बीर अस्पतालमै कार्यरत चिकित्सक बस्नेत यसभन्दा अगाडि पनि वीरको निर्देशक जिम्मेवारी समालिसकेको छन्।
यसैबीच, स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छालाई ल्याउने तयारी भइरहेको छ। सो निर्णयको लागि प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठ र सचिव डा. रोसन पोखरेललाई बालुवाटारमा बोलाएका छन्।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...