पूर्वप्रधानमन्त्री खनालको मृगौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

पूर्वप्रधानमन्त्री खनालको मृगौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

फायल फाेटाे


नयाँ विकल्प,

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण भएको छ।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक गरेको स्वकीय सचिव कृष्ण भट्टराईले जनाए।

नेता खनाल केही समय अस्पतालमै आराम गर्ने र आराम भएपश्चात स्वदेश फर्कने भएका छन्। खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए। खनालको दुवै मिर्गौलाले काम गर्न छाडेको थियो।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २०, १६: २३

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण २०, १६: २३

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण २०, १६: २३

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...