काठमाडौं महानगरका ३९ केन्द्रमा भेरोसेल खोपको दोश्रो मात्रा शुक्रबारदेखि लगाइने (विवरणसहित) – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

काठमाडौं महानगरका ३९ केन्द्रमा भेरोसेल खोपको दोश्रो मात्रा शुक्रबारदेखि लगाइने (विवरणसहित)


नयाँ बिकल्प ।

काठमाडौं । सरकारले उपलब्ध गराएको कोभिड १९ बिरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा काठमाडौं महानगरपालिकाको ३९ खोपकेन्द्रमार्फत शुक्रबारदेखि तीन दिनसम्म खोप लगाइने भएको छ।

काठमाडौ जिल्ला स्वास्ज्य कार्यलयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बुधबार एक सूचना प्रकाशित गरी काठमाडौं जिल्लाका ३२ वटा वडाले निर्धारण गरेका ३२ वटा खोप केन्द्र र सात वटा अन्य अस्पताल र सार्वजनिक स्थललाई खोप केन्द्र निर्धारण गरिएको जनाएका छन्।

स्वास्थ्य कार्यालय काठमाडौले काठमाडौं महानगरपालिकावाहेक जिल्लाका कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, टोखा, वुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनहरा नगारपालिकाले प्रत्येक वडापिच्छे तोकेको खोप केन्द्रबाट साउन २२ गते शुक्रबारदेखि साउन २४ गते आइतबारसम्म खोप लगाइने जनाएको छ।

स्वास्थ्य सेवा विभागको साउन १८ गतेको परिपत्र अनुसार पहिलो मात्रा खोप लगाएको २१ दिन पुरा भएका जिल्लाका सबै नगरपाकिलाको सम्भव भएसम्म हरेक वडाको स्वास्थ्य संस्था वा स्कुल वा अन्य फरकिकलिो स्थानमा खोप केन्द्रे तोकी भेरोसेलको दोश्रो मात्र तोकिएको छ।

भ्याक्सिन लगाउन लक्षित वर्गलाई मन्त्रालयको वेभवाइटमा विद्युतिय दर्ता अनिवार्य गराई संचालन गर्नु पर्ने भन्दै पहिलो मात्र लगाएको कार्ड र विद्युतीय दर्ता नराखी खोप लगाएमा खोप केन्द्रका कोअर्डिनेटर, भ्याकिसनर, स्वयंसेवाक र संलग्न अन्य कर्मचारीहरुलाई कानून बमोजिम कारबाही हुने प्रमुख जनस्वास्थ्य प्रशासक खड्काले जनाएका छन्।

महानगरको ३२ ठाउँलाई खोप केन्द्र निर्धारण गरिएवाहेक राधास्वामी आइसोलेसन सेन्टर बालाजु, शसस्त्र प्रहरी बल अस्पताल बलम्वु, बीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगंज, निजमती कर्मचारी अस्पताल बानेश्वर, पारेपकार पैसुति गृह तथा स्त्रीरोग अस्पताल थापाथली र काठमाडौं मेडिकल कलेज सिनामंगलमा पनि खोप केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकहरुको लागि विरेन्द्र सैनिक अस्पताल, छाउनी, नेपाल प्रहरी असपताल महाराजगंज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकु, निजामती कर्मचारी अस्पताल वानेश्वर, सशस्त्र प्रहरी वल अस्पताल बलम्वुमा खोप केन्द्र तोकिएको छ।

खोपका लक्षित समूह

२०७८ साउन ३ गतेसम्म भेरोसेल पहिलो मात्र खोप लगाएका ५५ वर्ष वा सोभन्दा माथि उमेर समूहका सबै, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु र खोप अनविार्य गरिएका देशमा जाने नेपाली नागरिकहरुलाई खोप लगाइने सूचनामा जनाइएको छ।

पहिलो खोप लगाएको कार्डको आधारमा र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोकपी सहित नम्वर ल्याएको आधारमा मात्र खोप प्रदान गरिने सूचनामा जनाइएको छ।

यस्ताे छ विज्ञप्ति

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ श्रावण २०, १८: १३

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ श्रावण २०, १८: १३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण २०, १८: १३

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...