कोरोनाका ३,९३८ संक्रमित थपिएः २४ घण्टामा थप ३७ को मृत्यु – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

कोरोनाका ३,९३८ संक्रमित थपिएः २४ घण्टामा थप ३७ को मृत्यु

नयाँ विकल्प,

काठमाडौं । नेपालमा कोरोनाका ३,९३८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या ९ हजार ९९४ पुगेको छ।

नेपालमा हालसम्म ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेको छ।

जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन्।

१० वर्ष मुनिका ८७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति संक्रमित थपिए?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७६६, झापामा ३७४, चितवनमा २६१, मोरङमा १६८, ललितपुरमा १६३, भक्तपुरमा १४६ र काभ्रेपलाञ्चोकमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा ९३, बागलुङमा ८७, सुनसरीमा ८४, मकवानपुर र नवलपरासी पूर्वमा ७६ र ७६ जना, रुपन्देहीमा ५८, दोलखामा ५१, नुवाकोटमा ४८, सुर्खेतमा ४० जना कोरोना संक्रमित थपिएका छन्।

स्याङजामा ३६, कैलालीमा २७, बाँकेमा २५, लमजुङमा १८, म्याग्दी र पाल्पामा १७ र १७ जना, धनकुटामा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण २१, १७: ५६

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ श्रावण २१, १७: ५६

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ श्रावण २१, १७: ५६

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...