थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

नयाँ विकल्प,

काठमाडौं – नेपालमा थप तीन हजार दुई सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आठ हजार ८ सय ६६ जनाको पीसीआर र चार हजार ७ सय ७ को एन्टिजेन गरि १३ हजार पाँच सय ७३ नमूनाको परिक्षण गर्दा तीन हजार दुई सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये झण्डै २४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म सात लाख ८० हजार ८ सय आठ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै थप एक हजार सात सय २२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ ।

यस्तै थप १९ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३८ पुगेको छ ।

अहिले नेपालमा ३५ हजार चार सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये सात सय ४६ जनाको आईसीयू र एक सय ६९ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण २३, २१: १७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २३, २१: १७

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ श्रावण २३, २१: १७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...