कोरोनाको तेस्रो लहर छिट्टै शुरु हुने, सजक रहन प्रधानमन्त्रीको निर्देशन – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

कोरोनाको तेस्रो लहर छिट्टै शुरु हुने, सजक रहन प्रधानमन्त्रीको निर्देशन

नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको तेस्रो लहर छिट्टै शुरु हुने बताएका छन् ।

प्रधानमन्त्रीले शनिबार एक भिडियो सन्देश जारी गर्दै महामारीसँग लड्न सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबै मिलेर कोरोना महामारीसँग लड्नुपर्ने बताएका छन् ।


प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कदा मास्क लगाउन, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।


उनले खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले राजनीतिक दल, निजी क्षेत्र र गैर सरकारी संस्थाहरुलाई भिडभाड हुने गतिविधि नगर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २३, २१: ४२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ श्रावण २३, २१: ४२

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ श्रावण २३, २१: ४२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...