
काठमाडौंं–विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप कडाई गरिने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हालै बसेको बैठकले यस्तो निर्णय गरेका हुन् ।
तीन जिल्लाका जिल्लाअधिकारीहरुको निर्णयबाट काठमाडौं उपत्यकामा रातको ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनहरु चलाउन नपाइने व्यवस्था गरेका छन् ।
उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ भने पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने भएका छन् । पछिल्लो पटक थपिएको निषेधाज्ञा बिहीबार रातिदेखि सकिँदैछ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...