
नयाँ विकल्प ।
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७९३ र ४ हजार १८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४१९ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८६७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकामा थपिए ७३७ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौँ जिल्लामा ५२२ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा १५४ जना कोरोना संक्रमित थपिएका हुन्।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...