देशभरका अस्पतालका लागि अझैँ २० हजार स्वास्थ्यकर्मी आवश्यक पर्ने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको भनाइ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

देशभरका अस्पतालका लागि अझैँ २० हजार स्वास्थ्यकर्मी आवश्यक पर्ने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको भनाइ

नयाँ विकल्प,
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालका लागि २० हजार स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् ।

भरतपुर अस्पतालमा आइतवार आयोजित स्वागत कार्यक्रममा उनले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यक रहेको बताएका हुन् ।

गरिब नागरिकले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्पताललाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिए ।

आउँदो असोज महिनाभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसङ्ख्यालाई कोरानोविरुद्धको खोप लगाइने समेत उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा चिकित्सक र नर्सको तलब दुई गुणा बढी हुँदा भरतपुर अस्पतालमा भने फरक देखिएकामा त्यस्तो हुन नहुने बताए ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र ६, १९: ३३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र ६, १९: ३३

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ भाद्र ६, १९: ३३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...