
नयाँ बिकल्प ।
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ। मंगलबार विहान ११ः ४० बजे वीर अस्पतालको डेन्टल विभागमा सभामुख सापकोटाको माइनर ओरल सर्जरी गरी दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।
बीर अस्पतालको डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गरेको हो। सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो।
सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन्। सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहनु भएको प्रेस विज्ञ न्यौपानेले बताए ।

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...