कोरोनाबाट थप ४४ को मृत्यु, संक्रमण काठमाडौंपछि झापामा धेरै फैलियो – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

कोरोनाबाट थप ४४ को मृत्यु, संक्रमण काठमाडौंपछि झापामा धेरै फैलियो


नयाँ बिकल्प ।


काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको सख्या १० हजार ६१२ पुगेको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा १,७८१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसहित ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन्।

बुधबार मात्र नेपालमा कोरोनाका २ हजार ४ सय ८२ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ पुगेको छ। जसमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा छन् तीन हजार ३७ जना संस्थागत आइसोलेसनमा छन्।

कोरोनाका बिरामीमध्ये ६१० आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
१० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ६० जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमित सबैभन्दा धेरै काठमाडौं र झापामा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५१५, झापामा १७९, भक्तपुरमा १४२, कास्कीमा १३१, चितवनमा १०८ र सुनसरीमा १०५ जनामा कोरोनाका संक्रमित थपिएका छन्।

यस्तै ललितपुरमा ८८, बागलुङमा ४८, रुपन्देहीमा ३९, नवलपरासी पूर्वमा ३२, मकवानपुरमा ३०, काभ्रेपलाञ्चोकमा २९ र नुवाकोटमा २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

दोलखा र गुल्मीमा १७–१७ जना, सुर्खेतमा १६, धनकुटा र धादिङमा १३–१३ जना, तनहुँ र दैलेखमा १२–१२ जना तथा पाल्पा र कञ्चनपुरमा १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र ९, १८: ००

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ भाद्र ९, १८: ००

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ भाद्र ९, १८: ००

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...