नयाँ विकल्प,
काठमाडौं – नेपालमा ६८ प्रतिशतभन्दा धेरै मानिसमा कोभिड १९ (कोरोना भाइरस)को एन्टिबडी तयार भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षणमा ६८ दशमलव ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी बनेको पाइएको हो ।
सबै प्रदेश, भौगोलिक क्षेत्र, सहर तथा गाउँ, लिङ्ग, पेसा वा उमेरका मानिसमा एन्टिबडीको उस्तै अवस्था देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएकामा ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी पाइएको छ ।
यसबाट नेपालमा खोपको प्रभावकारिता पनि राम्रो रहेको पाइएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...