सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

नयाँ विकल्प,

काठमाडौं- सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ। मन्त्रालय बाँडफाँडको टुंगो पनि आजै लाग्ने उनले बताए।

‘माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ। आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ,’ उनले भने।

एमाले विभाजन पश्चात नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन्।

‘माधवजीलाई अफ्ठेरो अवस्था छ। यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ। माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,’ उनले भने, ‘यो हाम्रो नैतिक जिम्मेवारी हो। सहकार्यको वातावरण बनाउँदैछौं। उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं।’

सोमबार माओवादी केन्द्रको बैठक बसेको थियाे। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानका दिएका थिए।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७८ भाद्र १५, ०७: ५३

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७८ भाद्र १५, ०७: ५३

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७८ भाद्र १५, ०७: ५३

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...